स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर १४८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १२६० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएकोसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या १० हजार ९६५ पुगेको छ । यससँगै देशभर सक्रिय सङ्क्रमितको कुल सङ्ख्या २६ हजार ६३० पुगेको छ ।