काठमाडौँ,२७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर ९११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन् । यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्।
थप १३ जनाको सङ्क्रमणका कारण मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९४९ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ७५७ पुगेको छ। कुल सङ्क्रमितमध्ये निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय सङ्क्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ।