भदौ २५, २०७८ शुक्रबार

 भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार बिहान एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दाङ तुलसीपुर उपमहानगरपालिका– ६ का ६५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जानकारी दिए।

साउन २९ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर जाँच गरिएकी महिलालाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको २५ दिनपछि महिलाको शुक्रबार बिहान मृत्यु भएको वलीले बताए।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या चार सय ६ पुगेको छ।