भदौ २४, २०७८ बिहिबार

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रथम नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २ हजार २० परीक्षार्थी सहभागी भएकामध्ये १ हजार २९० जना (६५.११ प्रतिशत )उत्तीर्ण भएका छन् ।

स्नातकोत्तर तहमा ३९ जनाले परीक्षा सहभागी भएकामध्ये २० जना अर्थात् ५८.८२ प्रतिशत पास भएको परिषद्द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै स्नातक तहमा २०३ जनाको उपस्थिति रहेको थियो भने १३३ अर्थात् ६७.१७ प्रतिशत उत्तीर्ण भएका छन् । प्रमाण पत्र तहमा ११३७ जना अर्थात्  ६५.०० प्रतिशत पास भएका छन् । परिषद्का अनुसार परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।