भदौ १९, २०७८ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ।