भदौ १८, २०७८ शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । सोही अवधिमा २२७४ जना सङ्क्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या १० हजार ८०९ पुगेको छ ।


यस्तै हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार  २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ।  यस्तै सङ्क्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् । हाल देशभर ३३ हजार ६ जना सक्रिय सङ्क्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।