नेपालमा आज थप २ हजार ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ।
मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो। यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ।
बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा परीक्षण भएको थियो।