विश्वमा पछिल्लो २४ घण्टामा थप ५ लाख ७४ हजार २३२ जना सङ्क्रमित भएका छन् । यससँगै विश्वमा सङ्क्रमितको सङ्ख्या २१ करोड ८४ लाख ७१ हजार २९८ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय सङ्क्रिमतको सङ्ख्या १ करोड ८६ लाख २६ हजार ९५३ छ । यसमध्ये १ लाख ६ हजार २०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ७५ हजार ४५३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै विश्वभर सङ्क्रमण जित्नेको सङ्ख्या १९ करोड ५३ लाख ११ हजार ९५८ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा विश्वमा थप ८ हजार ८०६ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ लाख ३२ हजार ३८७ पुगेको छ ।