भारतमा थप ४२ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ लाख १९ हजार ९ सय ९० परीक्षण गरिएकामध्ये ४२ हजार ९ सय ९ मा जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख ३८ हजार दुई सय १० पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड १९ लाख २३ हजार ४ सय ५ पुगेको छ ।
तीन लाख ७६ ३ सय २४ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर घट्दो क्रममा रहेको छ । यस्तै कोरोना बाट डिस्चार्ज हुनेको सँख्या दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८८ जनामा संकमण पुष्टि भएको छ भने, २ हजार २ सय ६० जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।