भदौ १४, २०७८ सोमबार

सिमकोट – विगत दुई वर्षदेखि चीनको बुराङ्ग काउण्टीको ताक्लाकोटमा काम गर्दै आएका हुम्लाबासीलाई कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् ।

ताक्लाकोटमा रहेर काम तथा व्यापार व्यवसाय गर्दै आएका हुम्लाबासीलाई पेशागत संगठन कैलाश व्यापार संघको समन्वयमा खोप लगाइएको हो ।

जिल्लामा खोप लगाएको खबर सामाजिक सञ्जालबाट थाहा पाए पनि आफूहरुले खोप लगाउन नपाएपछि निरास भएका ताक्लाकोट हुम्लाबासीले अहिले खोप लगाउन पाउँदा खुशी भएका छन् ।

हाल ताक्लाकोटमा बस्दै आएका जंगबहादुर लामाले लामो समयको प्रयासपछि ताक्लाकोटमा कामको शिलशिलाले रहँदै आएका हुम्लाबासीले कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउन पाएको बताए ।