स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टाभित्र निको हुनेको सङ्ख्या २२६० रहेको छ भने मृत्यु हुनेको सङ्ख्या २४ रहेको छ । मन्त्रालयका अनुसार यसबेला देशभर सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ३५ हजार ७ सय ९६ रहेको छ ।