भदौ १२, २०७८ शनिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी रहेको छ । आज देशभर थप १ हजार ८५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

कुल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।


यही अवधिमा थप २ हजार २२२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कुल सङ्क्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ ।