भदौ ११, २०७८ शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधि गरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १० हजार ६६३ पुगेको छ । यस्तै हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । हाल देशभर ३७ हजार ५९९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।