भदौ १०, २०७८ बिहिबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ।

बिहीबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।