भदौ ८, २०७८ मंगलबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २५ सय जना बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ । १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  सोही अवधिमा २०८६ जना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सङ्क्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ ।

हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।