भदौ ८, २०७८ मंगलबार

एजेन्सी - ८ भदौ, काठमाडौं । यसअघि आपत्कालीन प्रयोगको अनुमति पाएको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाको पूर्ण अनुमति दिएको छ ।

तीन साताको अन्तरमा दुई डोज लगाउनुपर्ने यो खोप १६ वर्षभन्दा माथिका सबै मानिसलाई लगाउन अनुमति दिइएको छ । यो खोप कोरोना सङ्क्रमण नियन्त्रणका लागि ९१ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । यद्यपि यस खोपले १२ देखि १५ वर्ष उमेर समूहका लागि भने आपतकालीन प्रयोगको मात्र अनुमति पाएको छ ।