पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।