स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लाे २४ घण्टामा १९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा २२४८ जना सङ्क्रमणमुक्त भएका छन् ।
यसअघि शनिबार २०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २३८२ जना सङ्क्रमणमुक्त भएका थिए ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकामा १९२० जनामा सङ्क्रमण पुष्टि भएको हो। सोही अवधिमा २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म कोरोना निको हुनेको सङ्ख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृतकको सङ्ख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।