भदौ ५, २०७८ शनिबार

एजेन्सी -आइसीएमआरको तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो समयावधिमा ३७५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यसबेला ३ लाख ६१ हजार ३ सय ४० सक्रिय सङ्क्रमित रहेका छन्, जुन पाँच महिनायताकै कम हो ।

पछिल्लो तथ्याङ्कअनुसार २४ घण्टामा १७ लाख २१ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको छ भने ५७ करोड ६१ लाखभन्दा बढी भारतीयले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।   

भारतमा अहिलेसम्म ३ करोड २३ लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने ४ लाख ३३ हजार जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।