भदौ १, २०७८ मंगलबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् । १९२९ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । सङ्क्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ । 

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।