२६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज १९ हजार १२३ जनाको परीक्षण गरिएकामा ४९०४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन् ।
यस्तै १० वर्ष मुनिका १०३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।