काठमाडौं, साउन २६ गते । संयुक्त अरव इमिरेट्स (युएई ) ले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेको छ । युएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने भएपछि हवाइ उडान प्रभावित बनेको छ ।
युएइ सरकारले ५ अगष्ट देखि लागु हुने गरी ४८ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनु पर्ने, नेपालको विमानस्थलमा र्यापिड टेष्ट, एन्टीजेन टेष्ट गरेको हुनु पर्ने प्रावधान अनिवार्य बनाएको आबुधावी स्थित नेपाली दुतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्रवेशमा कडाइ गरेसँगै हिमालय एअरलाइन्सले मंगलबार यूएईको उडान रद्ध गरेको जनाएको छ ।