साउन २५, २०७८ सोमबार

नेपालमा आज ३६५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १६ हजार ५९४ नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । 

१० हजार ४४५ नमूनाको पीसीआर र ६ हजार १४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २६ सय ९ जनाको पीसीआर र १ हजार ४२ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ। आइतबार कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका थिए।

मन्त्रालका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ। ७४१ जनाको आइसीयु र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार ३० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

नेपालमा आज १ हजार ७८४ जना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ७१ हजार ८३ पुगेको छ।