जापानबाट आउने १६ लाख डोज कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमध्ये आज तीन लाख ३१ हजार डोज नेपाल ल्याइँदै छ । आज दिउँसो कतार एयरको विमानबाट सो खोप नेपाल आइपुग्नेछ ।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाखमध्ये हिजो पाँच लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइपुगेको थियो । आज ल्याएर बाँकी रहेको खोप भने आउँदो साता ल्याइने बताइएको छ ।