साउन २३, २०७८ शनिबार

२३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ७२२ रहेको छ ।

हालसम्म नेपालमा कोराना सङ्क्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ पुगेको छ ।

जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२० सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १३८ सङ्क्रमित भेटिएका छन् ।