साउन २१, २०७८ बिहिबार

हालै चीनका वैज्ञानिकहरूले पुरुषका लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका छन् । उक्त विकल्प टिकाउ हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरू बताउँछन् । 

अमेरिकाको विज्ञानसँग सम्बन्धित पत्रिका न्यानो लेटर्समा वैज्ञानिकहरूले बताएअनुसार उक्त साधनमा रिभर्सियल चुम्बकीय बायोडिग्रेडेबल न्यानोमेटेरियल विकासित गरिएको छ । यसले कम्तीमा ३० दिनसम्म गर्भ रहन दिँदैन । यसको परीक्षण मुसामा गरिएको थियो ।


वैज्ञानिकका अनुसार उच्च तापक्रममा शुक्रकिटको उत्पादन नहुने उक्त अनुसन्धानमा खुलेको छ । यसको परीक्षण मुसाको बाहिरी छालामा गरिएको थियो । यसअघि सबै अनुसन्धान उच्च तापक्रममा न्यानोमेटेरियलमा गरिएको थियो जसले गर्भाधान हुन नदिने खोप मुसालाई लगाइएको थियो । यो प्रक्रिया निकै पीडादायी थियो । यसले छालामा निकै नोक्सान पुर्‍याएको थियो । उक्त खोप न्यानोमेटेरियल बायोडिग्रेडेबल थिएन र प्राकृतिक रूपमा नष्ट हुने खालको पनि थिएन ।

नयाँ अनुसन्धानमा वैज्ञानिकहरूले उत्कृष्ट उपाय प्रयोग गरे । बायोडिग्रेडेबल आइरन अक्साइड न्यानोपार्टिकल्सका दुई रूपमा परीक्षण गरियो । यसलाई चुम्बकसँग लगाएर तातो पारियो । एउटा न्यानोपार्टिकलमा पोलिइथाइलीन ग्लाइकोल र दोस्रोमा साइट्रिक एसिडको लेप लगाएको थियो ।

वैज्ञानिकले पोलिइथाइलीन ग्लाइकोल न्यानोपार्टिललाई उच्च तापमानमा तातो बनाइन्छ । तर, साइट्रिक एसिडको तुलनामा यसलाई सजिल्यै खुम्चाउन, बङ्ग्याउन सकिदैन । आफ्नो प्रयोगका लागि वैज्ञानिकहरूले दुई दिनसम्म मुसालाई साइट्रिक एसिड लेपिएको न्यानोपार्टिकलको खोप दिए । यसपछि चुम्बक राखेर यसको प्रयोग गरियो । परीक्षण गरेपछि न्यानोपार्टिकलमा १५ मिनेटका लागि वैकल्पिक चुम्बक लगाइयो । र यसपछि १०४ डिग्री फरेनहाइट तापक्रममा तातो पारियो ।

अनुसन्धानकर्ताका अनुसार यसपछि मुसाको शुक्रकिट ३० दिनसम्मका लागि संकुचित भयो । यसपछि विस्तारै विस्तारै शुक्रकीटको उत्पादन सुरु भयो । यो प्रयोगको सातौँ दिन पोथी मुसाको गर्भाधान रोकियो । 

वैज्ञानिकका अनुसार न्यानोपार्टिकल्स कोशिकाहरूका लागि हानिकारक छैन । यो शरीरबाट सजिलै बाहिर निस्किन सक्छ । अनुसन्धानकर्ताहरूले यसको प्रयोग उत्साहजनक हुने बताएका छन् ।