साउन १९, २०७८ मंगलबार

 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्।