साउन १७, २०७८ आइतबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार काठमाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्। आइतबार २ हजार २० जना संक्रमणमुक्त भएका छन्।