नेपालमा आज २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।
८ हजार ४०२ जनाको आरटी पीसीआर गर्दा १ हजार ९८१ र र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ६५ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।