नेपालमा थप ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० जनामा कोरोना पुष्टि भएको हो । यस्तै ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज १९१६ जना संक्रमणमुक्त भएका छन् ।