असोज १२, २०८१ शनिबार

नवलपरासी, १२ असोज : पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी  स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । 

    अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।  सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।