साउन १५, २०७८ शुक्रबार

 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८१९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाले ज्यान गुमाएका छन्।

देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।