साउन १५, २०७८ शुक्रबार

काठमाण्डौ - ललितपुर महानगरपालिकाले आज, भोलि र पर्सि ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ । 

कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । ४५ वर्षभन्दा माथिका व्यक्तिका लागि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन खोप कार्यक्रम हुनेछ । 

साथै १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र त्यसको विस्तृत कार्यक्रमपछि सार्वजनिक गरिने महानगरपालिकाले जनाएको छ।