साउन १४, २०७८ बिहिबार

दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । त्यसैले दाँतको हेरचाह यसकारण गर्नुपर्छ कि, त्यसले स्वास्थ्यसँगै सौन्दर्यमा खास भूमिका खेल्न सकोस् ।

सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ । कतियको समस्या हुन्छ - दाँतबाट रगन बग्ने, सास गन्हाउने । पाइरियाको कारण पनि यस्तो हुन्छ । दाँतको उचित रेखदेख नगरेमा पाइरियाको संभावना रहन्छ । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको सङ्ख्या करौडोको हाराहारीमा हुने गर्छ । यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाउने गर्छ । यदी मुख, दाँत तथा जिब्राको सफाइ सही तरिकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दाँत तथा गिजालाई हानी पुर्‍याउने गर्दछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।

त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दाँत पायरियाबाट प्रभावित हुने गर्छ ।

त्यस्तै,  पान र सुपारीलगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुन गर्छ । सामान्यत: पायरिया क्याल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबीका कारण हुने गर्छ ।

पायरिया भएमा सासबाट दुर्गन्ध आउन थाल्छ । गिजा सुन्निन थाल्छ । दाँत कजोर भई हल्लिन थाल्छ । बढी तातो तथा चिसो पेय पदार्थको सेवनले दाँत सिरिङ्ग हुन थाल्छ । छुँदासमेत गिजा सुनिन थाल्छ । साथै दुई दाँतको बीचमा खाली ठाउँ रहन थाल्छ ।

खाना पछि दैनिक दुईपटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाइ गर्नु पर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौँ । राति सुत्नुअगावै दाँतको राम्ररी सफाइ गर्नु पर्छ । हरेकपटक खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ ।

अन्यथा समयमै उपचार नगरेको खण्डमा पायरियाका कारण दाँत तथा गिजामा सङ्क्रमण भई दाँत झर्न थाल्छ ।