भदौ २७, २०८१ बिहिबार

कञ्चनपुर, २७ भदौः शुक्लाफाँटा नगरपालिका–४ को वडा कार्यालय भवन धमाधम निर्माण भइरहेको छ ।    बाह्रकोठे भवन रु एक करोड एक लाखको लागतमा निर्माण भइरहेकोे वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । 

हालसम्म ६० प्रतिशत बढी कार्य पूरा भएको नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताउनुभयो । “भवन पूर्णरुपमा अपाङ्गमैत्री बन्नेछ,” उहाँले भन्नुभयो, “भवन सुविधायुक्त हुनेछ ।” 

भवनको दुई तला ढलानको कार्य पूरा गरी तेस्रो तला ढलानका क्रममा रहेको छ ।   साबिकको पिपलाडी गाउँपालिकाको जीर्ण भवनमा वडा कार्यालय सञ्चालन हँुदै आएको छ ।