साउन १२, २०७८ मंगलबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७७४ जना कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।

त्यस्तै उपत्यकामा अहिले ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना रहेका छन्।