काठमाडौँ, १६ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई आज पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।