साउन ६, २०८१ आइतबार

काठमाडौँ, ६ साउन : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ ।
 
      बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राससलाई जानकारी दिनुभयोे ।