काठमाडौँ, २७ असार : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति गठन गरेको छ।
जसपा अध्यक्ष यादवले बिहीबार २१५ जना केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्। नौ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा एक जना पनि महिला छैनन्।
केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष यादव, रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमारसिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा सदस्य रहेका छन्।
अशोक राई समूहले पार्टी विभाजन गरेपछि यादव पक्षले जेठ २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गरेको थियो।