साउन ८, २०७८ शुक्रबार

एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।

अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत ऋणसम्बन्धी प्रस्ताव पठाइएपछि हालैको एडीबी बोर्ड बैंकले उक्त प्रस्ताव अनुमोदन गरेको हो ।

एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागिएको हो । एडीबीले यस ऋणबाट १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान गरेको छ ।