असार २३, २०८१ आइतबार

काठमाडौँ, २३ असार : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)  द्वारा  आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गरेका छन्  । 

राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् ।

 सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।