साउन ६, २०७८ बुधबार

बेसार एक स्वास्थ्यवर्द्धक जडिबुटी हो । यसले शरीरका हरेक अङ्गलाई फाइदा पुर्‍याउँछ । त्यसैले एन्टिबायोटिक बनाउँदासमेत बेसारको प्रयोग गरिन्छ ।

बेसारले मानव शरीरमा लाग्ने धेरै प्रकारको रोग निदान गर्न सक्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । विभिन्न सङ्क्रमणबाट बच्न सकिने हुँदा विशेषज्ञहरू नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन् ।

हजारौं वर्षदेखि प्रयोग हुँदै आएको बेसार चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ । बेसारलाई नेचुलर पेन किलरका रूपमा पनि चिनिन्छ । यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रूपमा निदान गर्छ । यस्ता बेसार सेवनबाट हुने अन्य फाइदाहरू:

– लामो समयदेखि ग्यस्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा पुर्‍याउँछ ।
– पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुदै जान्छ ।
– विभिन्न धातुबाट शरीरमा फैलिने विषबाट समेत बेसारले जोगाउछ ।
– पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्‍याउँछ ।
– मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ ।
– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ ।
– बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ ।
– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ ।
– यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइसमेत कम हुन्छ ।
– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्दछ ।
– अनिद्राको समस्यामा बेसार र दूध पिउनु लाभदायक हुन्छ ।
– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ ।
– धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ ।
– मधुमेहमा बिहानबेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ ।
– १/१ चिम्टी खाने खयर र बेसार तातोपानीसँग बिहानबेलुका खाए सुख्खाखोकी ठिक हुन्छ।
– दैनिक १ चम्चा ज्वानो र बेसार पानीमा पकाएर खाए रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
– रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ ।
– दिसापिसाबमा हुने सङ्क्रमण घटाउन पनि बेसारको प्रयोग उपयोगी हुन्छ ।
– मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ ।
– छालाको चमक बढाउनसमेत बेसारको प्रयोग अत्यन्त उपयोगी मानिन्छ ।
– नियमित बेसार सेवन गरे बुढोपना देखिँदैन ।
– विभिन्न औषधिबाट हुने 'साइड इफेक्ट'लाई पनि बेसारले रोक्ने काम गर्छ ।