काठमाडौँ, ६ असार: राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ।
बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भएका काम, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।