असार ६, २०८१ बिहिबार

काठमाडौँ, ६ असार:  धादिङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्युधादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भए धादिङ प्रहरीले जनाएको छ। 

जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।