स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै १२५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल सङ्ख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।