जेठ ३२, २०८१ शुक्रबार

काठमाडौँ, ३२ जेठः नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आउँदो मङ्सिर अन्तिम साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो । साथै आगामी  भदौ २५ मा विधान सम्मेलन गर्ने निर्णय गरिएको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।

सङ्गठनको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रज्ञा भवनमा बस्ने बैठकमा सदस्यको उमेर हदबन्दीबारे बहस हुनेछ ।  साथै केन्द्रीय समिति १९९ सदस्यीय बनाउनुपर्ने प्रस्तावमाथि पनि केन्द्रीय कमिटीमा छलफल हुने  भएको छ ।