जेठ २४, २०८१ बिहिबार

काठमाडौँ, २४ जेठ : मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ । आजको बैठकमा  केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिए । 

‘ठोस एजेन्डा त थाहा भएन । तर केही देशका राजदूत फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव आउन सक्छ’, ती मन्त्रीको भनाइ छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीको भनाइ छ ।

भारतमा सम्पन्न चुनावपछि भाजपा नेता नरेन्द्र मोदी पुन प्रधानमन्त्री बन्ने र उनको शपथका दिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा आएकाले प्रधानमन्त्री आइतबार भारतको नयाँदिल्ली जाने तयारीमा छन् । त्यसको औपचारिक निर्णय हुन बाँकी छ ।