साउन २, २०७८ शनिबार

सरकारले सबै नागरिकले खोप लगाउन पाउने भन्दै संयमित हुन आह्वा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बेलुकी एक विज्ञप्ति जारी गर्दै चरणवद्धरुपमा प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन भइरहेकाले आफ्नो पालोमा भीडभाड नगरी खोप लगाउन आग्रह गरेको हो ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर लामो समयदेखि दोस्रो डोज कुरिरहेका ६५ वर्षमाथिका नागरिकलाई खोपको व्यवस्था भइसकेको पनि मन्त्रालयले जनाएको छ । केही दिनभित्रै ती खोप लगाउन सुरु गरिने मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।