जेठ ११, २०८१ शुक्रबार

जनकपुरधाम, ११ जेठः नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ ।  

सिरोहियालाई  म्याद थप गर्नका १०:३० बजे धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ  ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लगिने बताएका छन् ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियाे ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो ।