जेठ ८, २०८१ मंगलबार

काठमाडौँ, ८ जेठः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल  र्‍याली गरेको छ । 

पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल  र्‍याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । काठमाडौँमा बबरमहलबाट सुरु भएको  र्‍याली नगरपरिक्रममा पछि दरबारमार्गमा पुगेर समापन भएको थियो । 

सो  र्‍यालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेता र कार्यकर्ता सहभागी हुनुभएको थियो । मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुई तहको सरकारको शासकीय प्रणालीसहित विभिन्न विषयमा ४० बुँदे माग गत फागुन ९ गते सरकारलाई मागपत्र बुझाइएको थियो ।